साफ च्याम्पियनसिप : माल्दिभ्सले बङ्गलादेशलाई हरायाे, नेपाललाई फाइदा

२२ असाेज, एजेन्सी ।

माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई हराएको छ । बिहीबार राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको समूह चरणको खेलमा माल्दिभ्सले बङ्गलादेशलाई २–० गोलले हराएको हो ।

साविक विजेतासमेत रहेको घरेलु टिम माल्दिभ्सलाई जिताउन हाम्जा मोहम्मद र अली अश्फाकले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाए ।

खेलको ७४औँ मिनेटमा माल्दिभ्सले पेनाल्टीको मौका पाएको थियो, जसमा अश्फाकले गोल गर्दै माल्दिभ्सलाई २–० गोलको जित दिलाए ।

जितसँगै माल्दिभ्सले पहिलो जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले दुई खेलमा तीन अङ्क जोडेको छ । बङ्गलादेश भने चार अङ्कसहित दोस्रो स्थानमा छ । उसले तीन खेल खेलेको छ ।

बङ्गलादेशको हारबाट नेपाललाई फाइदा पुगेको छ । दुई खेल खेलेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top