दशैँका लागि खसीबोका बिक्री भोलिदेखि

२१ असोज ७८, शुक्रबार

२२ असोज, काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि भोलिदेखि मात्रै खसीबोका बिक्री गर्ने भएको छ ।

आजदेखि खसीबोका बिक्री गर्ने भनिए पनि मूल्य निर्धारण नभएकाले भोलिदेखि मात्रै बिक्री गर्ने तयारी भएको नेपाल खाद्य संस्थानका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार आज दिउँसो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने छ ।

खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ल्याइएका खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । खनालका अनुसार हिजो बेलुकासम्ममा दाङबाट एक सय ९० वटा खसीबोका ल्याइएको छ । यो पहिलो खेप हो ।

दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ । मकवानपुरबाट भने आज बिहानदेखि मात्रै खसीबोका ल्याउन थालिएको छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाण्डौ ल्याइनेछ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top