दशैँमा पेट्रोलियमको सहज आपूर्ति

२१ असोज ७८, शुक्रबार

२२ असोज, काठमाडौं ।

Advertisement

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा डिपोहरू खुला राख्ने भएको छ ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Advertisement

दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले निर्देशन गरेको छ । प्रवक्ता उपाध्यायले भने,

“दशैँमा कुनै पनि स्थानमा पेट्रोलियम पदार्थको अभाव हुँदैन, आपूर्ति निरन्तर चल्छ, माग बढ्ने भएकाले हामी सोहीअनुसार तयारी अवस्थामा छौँ ।”

Advertisement

निगमका अनुसार सामान्य अवस्थाको तुलनामा दशैँ, तिहारमा करिब २५ प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्छ । आपूर्ति सहज भएकाले समस्या नहुने निगमको दाबी छ ।

हाल निगमले कुल क्षमताको ७५ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण गरेको छ । ६८ हजार किलोलिटर भण्डारण क्षमता छ । जुन नेपालमा सात दिनका लागि पुग्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top