को मन्त्री बन्यो को बनेन भन्ने मुख्य कुरा होइन : मेटमणि चौधरी

२२ असाेज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राजनीतिकर्मीका लागि मन्त्री पद गौण भएको उल्लेख गरेका छन्। उनले को मन्त्री बन्यो, को बनेन भन्ने मुख्य विषय नभएको समेत बताएका छन्।

एकीकृत समाजवादीबाट चौधरी मन्त्री बन्न लागेको समाचारहरु सार्वजनिक भएको भएपनि अन्तिममा उनको नाम मन्त्रीको सूचीबाट हटेपछि सामाजिक सञ्जालमार्फत यस्ताे धारणा सार्वजनिक गरेका हुन् ।

मुख्यकुरा प्रणाली जोगिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्य स्थापना भएको छ ।’

मन्त्री बन्ने भनेकाे चर्चा भएकाेतर्फ इंगित गर्दै उनले प्रतिनिधि सभाका सबै सदस्यले मन्त्री बन्ने कुराको चासो राख्नुपर्ने बताउँदै भने, ‘सांसदहरुले चासो राख्छ र राख्नु पनि पर्दछ। तर, दीर्घकालिन चेत राखेर राजनीतिको खुला चौरमा प्रबेश गरेको राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण विषय बन्न जान्छ। फेरि मन्त्री हुने कुरा – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ। कहिलेकाँही त्यो कम्बिनेसन नमिल्न नि सक्छ। आजको परिस्थिति यही हो । ‘

नेकपा समाजवादी कठिन मोडमा रहेको उनले उल्लेख गरेका छन्। उनले नेतृत्वलाई अनावश्यक दवाब दिन नहुने उल्लेख गरेका छन्।

पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी रहेको उनले बताए। उनले आफूमाथि साहनुभुति राख्नेहरुलाई धन्यवाद दिए। मन्त्रीको सिफारिसमा परेका सबैलाई उनले सफल कार्यकालको शुभकामना दिएका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top