मलेसियामा बेरोजगारी दर घट्यो

२१ असोज ७८, शुक्रबार

२२ असाेज, क्वालालम्पुर ।

Advertisement

मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो ।

Advertisement

“कोरोनाभाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,” एक अधिकारीले भने ।मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप लगाएकाले पनि महामारी कम हुदै गएको र आर्थिक गतिविधि बढी हुदै गएको हो ।

“महामारी न्युनिकरण भएको सकारात्मक अवस्थाले अर्थतन्त्रमा पनि सकारात्मक नतिजा दिएको हो,” एक अधिकारीको भनाई छ ।रासस /सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top