कमल थापाको टिप्पणी: सत्तारुढ गठबन्धन नाङ्गो भयो, प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाए

कमल थापाको टिप्पणी: सत्तारुढ गठबन्धन नाङ्गो भयो, प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाए

२२ असाेज, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान गठबन्धन नेतृत्वको सरकारमा एक गैर सांसदको सहभागिताले सर्वोच्च अदालतबाट लेनदेनको आधारमा परमादेशको आदेश भएको विषयलाई प्रमाणित गरेको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेसँगै थापाकाे यस्ताे प्रतिक्रया आएकाे हाे । उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै गैरसांसदलाई मन्त्री बनाउने कार्यबाट सत्तारुढ गठबन्धन नाङ्गो भएको टिप्पणी गरेका छन्।

नेता थापाले कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको उल्लेख गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदमा बस्ने नैतिकता गुमाएको समेत बताएका छन्।

उनले लेखेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषद्‌मा एक ‘गैर सांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ। न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो। कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ। प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.