कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ : गगन थापा

२३ असोज ७८, शनिबार
Share this
788shares

२३ असाेज, काठमाडौं।

Advertisement

सांसद् नरहेका गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाएका छन्। उनले शनिबार समाजिक सञ्जाल ट्विटरमार्फत् आपत्ति जनाएका हुन्।

उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताकाे कसीमा घोटेर मात्र नपुग्ने उल्लेख गरेका छन्। त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने थापाले उल्लेख गरेका छन्।

Advertisement

उनले भनेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र पुग्दैन। त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ। नत्र कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?’

प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन्। हमाल कांग्रेसका पुराना नेता भएपनि उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको काेटाबाट मन्त्री बनाइएको भनेर आलोचना भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top