कांग्रेसलाई हराउने कांग्रेस नै हो -देउवा

२४ असोज, पोखरा ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पराजित हुनुको कारण कांग्रेस नै भएको बताएका छन् । अरू कुनै शक्तिले आफ्नो पार्टीलाई पराजित गर्न नसक्ने भन्दै उनले पार्टीभित्रैबाट हराउन लाग्नेहरूका कारण समस्या भएको बताए ।

‘हाम्रो पार्टीमा एकता भएको खण्डमा हाम्रो पार्टीलाई कसैले हराउन सक्दैन । हाम्रो पार्टीलाई कसैले हराउँछ भने हामी आफैँले हराउँछौँ’, उनले भने, ‘यो सत्य कुरा हो । हामी एक भयौँ भने संसारमा कुनै शक्तिले हामीलाई हराउन सक्दैन । त्यसैले पार्टीको एकता अनिवार्य छ ।’

Advertisement

आउँदो अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्न उनको आग्रह छ । उनले पार्टी अधिवेशनमा मिलेर जान नेता, कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको अधिवेशन आउँदै छ । यसमा प्रतिस्पर्धा हुन्छ ।

भरसक एक भएर जाऔँ’, उनले भने, ‘सहमति भएन भने स्वच्छ प्रतिस्पर्धा गरौँ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक तरिकाबाट निर्वाचन गरौँ । तिक्ततामा होइन, सौहार्द्धपूर्ण होस् ।’

Advertisement

कांग्रेसले ठूला आन्दोलनको नेतृत्व गरेर आएकाले सामान्य पराजयमा नआत्तिन उनको आग्रह छ । ‘हाम्रो पार्टी ठूलाठूला आन्दोलनको नेतृत्व गरेको पार्टी हो ।

एकता भएको खण्डमा राम्रो भविष्य छ । यो पार्टीभन्दा अरू प्रजातान्त्रिक पार्टी पनि छैन’, उनले थपे, ‘जित्नेहरू मात्तिने काम छैन । हार्ने पनि निराश हुने काम छैन । जित्नेले हार्नेलाई साथमा लिन सक्नुपर्छ । हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ ।’

आगामी निर्वाचनमा पार्टीलाई वियजी गराउनका लागि एकजुट भएर लाग्न उनले निर्देशन दिए । फरक प्रसंगमा देउवाले पोखरा पर्यटकीय राजधानी भएकाले यसको पुनरुत्थानमा सरकार संवेदनशील रहेको बताए । ‘पोखरा गण्डकीको राजधानी हो । नेपालकै पर्यटकीय राजधानी हो ।

कोरोनाका कारण अहिले केही समस्या परेको छ’, उनले भने, ‘सुन्दर ताल र हिमालहरू छन् । कोभिड पनि धेरै हदसम्म कन्ट्रोल भएको छ । बेलायतले नेपालबाट जानेलाई भिसा खुला गरेको छ । अब सकारात्मक सन्देश आउँछ ।’

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top