वीरेन्द्रनगर नगरपालिकाका कोभिड प्रभावित परिवारलाई खाद्यान्न

२४ असोज ७८, आइतबार
Share this
710shares

२४ असोज, काठमाडौं ।

Advertisement

वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो ।

Advertisement

नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ। दलित महिला सङ्घका सचिव खगीसरा वलीले यसअघि भेरीगङ्गा नगरपालिकामा पनि अतिप्रभावित एवं अतिविपन्न परिवार गरी १०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइन्।

अतिविपन्न दलित समुदाय र कोरोनाबाट रोजगारी गुमेका परिवारलाई दसैँमा अतिआवश्यक खाद्य सामग्रीको कमी नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको उनको भनाइ छ।

Advertisement

राहत वितरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विपन्न, गरिब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई सहयोगको खाँचो रहेको र दलित महिला सङ्घ सहयोगी बनेकामा प्रसंशा व्यक्त गरिन्।

उनले प्राप्त सामग्रीको सही सदुपयोग गर्न र कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिन्।

उपप्रमुख ढकालका साथै सङ्घका अध्यक्ष मञ्जु सुनार र वडा नं ४ का वडाध्यक्ष नीलकण्ठ खनालले खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top