३ किलो यार्सागुम्बासहित २ जना पक्राउ

३ किलो यार्सागुम्बासहित २ जना पक्राउ

२५ असोज, सुनसरी।

ईटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका–४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ र संखुवासभाको चैनपुर नगरपालिका-४ का ३२ बर्षीय श्याम कुमार लिम्बु रहेका छन् ।

आइतबार बिहान उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.