२८ असोज, विराटनगर ।
आज प्रदेश–१ र वाग्मती प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना छ।
पानी पार्ने कुनै मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण वाग्मती र प्रदेश–१ मा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन।
उनका अनुसार पानी एकैछिन मात्र पर्ने छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् मानन्धरले बताइन्। पर्सि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले पर्सि बेलुकादेखि प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।