उत्तर कोरियामा बालबालिका तथा वृद्धवृद्धा भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

२७ असोज ७८, बिहीबार

२८ असोज, एजेन्सी ।
उत्तर कोरियाका संकटग्रस्त अवस्थाका बालबालिका तथा वृद्धवृद्धा भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघका विज्ञले बताएका छन्।

Advertisement

उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघीय मानव अधिकार विशेष दूतले खराब हुँदै गएको खाद्य सुरक्षाका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरसको महामारीमा लागू भएको प्रतिबन्ध कारक रहेको उल्लेख गरेका छन्।

उत्तर कोरियाका नागरिकलाई सम्मानका साथ दैनिक जीवन गुजारा गर्न कठिन भइरहेको विशेष दूत टोमस ओजेया क्वीन्टानाले बताएका हुन्।

Advertisement

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण लागू गरिएको प्रतिबन्ध फुकुवा गर्न उनले माग गरेका छन्। प्रतिबन्ध फुकुवा नगरिएमा उत्तर कोरियामा खाद्य संकटको अवस्था आउने उनको भनाइ छ।

अवस्था गम्भीर बन्दै गएकाले संकट टार्नका लागि उत्तर कोरियामा जीवन रक्षाका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाउन मिल्ने गरी प्रतिबन्ध खुकुलो बनाउनेबारे विचार गर्न विशेष दूतले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्सँग आग्रह गरेका छन्।

Advertisement

उत्तर कोरिया अहिले गम्भीर आर्थिक संकटको अवस्थामा रहेको ठानिन्छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि उत्तर कोरियाले आफ्नो सीमा बन्द गरेको छ, जसका कारण चीनसँगको उसको व्यापार रोकिएको हो।

उत्तर कोरिया खाद्यान्न, रासायनिक मल तथा इन्धनका लागि चीनमा आश्रित छ। यो हप्ता नेता किम जोङ उनले देश गम्भीर संकटको सामना गर्ने अवस्थामा रहेको बताएका थिए।

उत्तर कोरियामा खाद्यान्नको मूल्य निकै बढेको खबर पनि आउने गरेका छन्। गएको जुनमा एक किलो केराको मूल्य ४५ अमेरिकी डलर पुगेको बताइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top