राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बली

२७ असोज ७८, बिहीबार

२८ असोज, जनकपुरधाम ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको छ।

Advertisement

बुधबार राति ८ देखि बिहिबार बिहान साढे ३ बजेसम्म चलेको बोका बलीमा १४ हजार २४१ बोकाको बली दिइएको हो। त्रेता युगमा मिथिलाका राजा जनकका कूलदेवता भनिएको राजदेवी मन्दिरमा हरेक वर्ष दसैंको महाअष्टमी तिथिको राति बोका बली दिइँदै आएको छ।

२०७६ मा १४ हजार ६ सय ३३ बोका बली दिइएको थियो। वर्षमा एकपटक मात्रै बोका बली दिइँदै आएको राजदेवी मन्दिरमा अघिल्लो वर्ष कोरोना महामारीका कारण बोका बलीको संख्यामा कमी आएको थियो। गत वर्ष ८ हजार ९६८ बोकाको बली दिइएको थियो।

Advertisement

कोरोनाको ग्राफ ओरालो लागेर अवस्था सामान्य भएपछि यो वर्ष पुनः बोका बलीको संख्यामा वृद्धि भएको हो। राजदेवी मन्दिरमा बोका बली प्रदान गर्नका लागि नेपालका साथै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन्।

बोका बलीका लागि यसवर्ष ४ वटा ठेहा राखिएको थियो। स्थानीय महावीर युवा कमिटीका अनुसार प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित थिए। बली प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन सयौँको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top