टी–२० विश्व कपका लागि भारतीय टिममा अक्षर पटेलको ठाउँमा शार्दुल ठाकुरलाई समावेश

टी–२० विश्व कपका लागि भारतीय टिममा अक्षर पटेलको ठाउँमा शार्दुल ठाकुरलाई समावेश

२८ असोज, एजेन्सी । टी–२० विश्व कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टोलीमा परिवर्तन गरेको छ ।

बीसीसीआईले स्पिनर अक्षर पटेलको ठाउँमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई १५ सदस्यीय टोलीमा राखेको हो ।

यस्तै अक्षरलाई वैकल्पिक खेलाडीका रूपमा शार्दुलको ठाउँमा टोलीमा समावेश गरिएको छ ।

भारतको १५ सदस्यीय टोलीमा विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शमी रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा अक्षर पटेलसँगै श्रेयर अय्यर र दीपक चाहर रहेका छन् । साथै भारतीय टोलीको मदतका लागि अवेश खान, उमरान मलिक, हर्षल पटेल, लुकमान मेरीवाला, वेङ्कटेश अय्यर, कर्ण शर्मा, शाहबाज अहमद र कृष्णप्पा गौतमा यूएईमै रहनेछन् ।

कोरोना महामारीका कारण भारतबाट सरेको विश्व कप यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.