टि२० विश्वकप : स्कटल्यान्डद्वारा बंगलादेश पराजित

१ कात्तिक, एजेन्सी ।

आइसीसी टि२० विश्वकप अन्तर्गत पहिलो चरणको समूह बी मा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । आइतबार ओमानस्थित अल अमरेत मैदानमा ६ रनको जित दर्ता गर्दै स्कटल्यान्डले सानदार सुरुवात गरेको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो । बंगलादेशका लागि मुश्फिकर रहिमले ३६ बलमा १ चौका र २ छक्कासहित ३८ रनको योगदान दिए । शकिब अल हसनले २८ बलमा १ चौकासहित २० रन जोड्दा ओपनरद्वय लिटन दास र सौम्य सरकारले ५-५ रन मात्र जोडेका थिए ।

एक समय ११ ओभरमा ६५-३ को आरामदायी अवस्थामा रहेको बंगलादेशले मध्य ओभरमा रन जोड्न नसक्दा हार बेहोरेको हो । कप्तान महामुदुल्लाहले २२ बलमा २३ तथा अफिफ होसेनले १२ बलमा १८ रन जोडेपनि जित दिलाउन सकेनन् । स्कटल्यान्डका लागि ब्राड व्हिलले ३, क्रिस ग्रिभ्सले २ तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए । ब्याटिङमा समेत चम्केका ग्रिभ्सले ३ ओभरमा २ विकेट लिने क्रममा मात्र १९ रन खर्चेका थिए ।

टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो । ग्रिभ्सले २८ बलमा ४५ रनको आक्रामक इनिङ खेल्दै राम्रो स्कोरसम्म पुर्याएका थिए । एक समय ५३-६ को अवस्थामा रहेको स्कटल्यान्डलाई ग्रिभ्सले नै उकासेका थिए । उनले मार्क वाटसँग सातौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

प्लेयर अफ द म्याच समेत चुनिएका ग्रिभ्सले ४ चौका र २ छक्का प्रहार गरेका थिए । वाटले १७ बलमा २ चौकासहित २२ रन जोडे । स्कटल्यान्डका कप्तान काइल कोट्जर शून्यमा आउट हुँदा अर्का ओपनर जर्ज मुन्सीले २३ बलमा २९ रन जोडेका थिए । म्याट क्रसले ११ रनको योगदान दिए ।

बंगलादेशका लागि मेहेदी हसनले ३, शकिब अल हसन र मुस्ताफिजुर रहमानले २-२ तथा तस्किन अहमद र मोहमद सैफुदीनले १-१ विकेट हात पारे । शकिबले टि२० अन्तर्राष्ट्रियमा कुल १ सय ८ विकेट विकेट पुर्याउँदै विश्वकै सर्वाधिक विकेट लिने खेलाडी समेत बने ।

यसअघि समूह बी अन्तर्गत नै दिनको पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई हराएको थियो । ओमान र स्कटल्यान्डले २-२ अंक जोडेपनि ओमान नेट रनरेटको आधारमा शीर्षस्थानमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top