हिउँदे वर्षा हुँदै हिउँ पर्ने सम्भावना

३१ असोज ७८, सोमबार

काठमाडौँ: पश्चिमी वायुको पहिलो झड्काले नै यस वर्ष झन्डै एक साता वर्षा गराउने भएको छ । गत वर्ष मनसुन सकिएलगत्तैको पोस्ट मनसुन खेडेरी युक्त रह्यो । यसपाला भने मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती चरणमै आफ्नो सक्रियता देखाउँदै एक साता लामो वर्षा गराउने भएको हो । यसका साथै हिउँदको सङ्केत गर्दै छिट्टै उच्च हिमाली भेगमा हिमपातसमेत गराउने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका अनुसार पश्चिमी वायुसँगै यतिबेला नेपालमा अन्य दुई मौसमी प्रणालीको प्रभाव पनि परेको छ । जसअनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखा, मध्य प्रदेशको तेलङ्गनामा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको वर्षा प्रणालीको गहिरो असर नेपालमा देखिएको हो । यही अवसर छोप्दै पश्चिमी वायुले पूर्वीय वायुलाई पूर्णतया विस्थापित गरिसकेकाले अब देशभर आफ्नो प्रभाव जमाउने प्रयत्न गरिरहेको छ । योसँगै पोस्ट मनसुनको सक्रियता र हिउँदे वर्षाको आगमनको सङ्केत दिएको छ ।

तीनवटै मौसम प्रणालीका कारण शनिबार रातिदेखि नै देशका अधिकांश स्थानमा बदली सुरु भएको छ । केही स्थानमा वर्षा सुरु भइसकेको छ । यो क्रम झन्डै साताभर कायम रहने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार र मङ्गलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायतका पश्चिमी भेगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मङ्गलबारदेखि प्रदेश १ का धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने आकलन गरिएको छ ।

बुधबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । साथै नेपालका उच्च हिमाली भेगमा हिमपातको बलियो सम्भावना रहेको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top