×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

४ कार्तिक २०७८

४ कात्तिक, काठमाडौं ।

फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । यसअघि भदौ ३१ (सेप्टेम्बर १६) मा फिफाले जारी गरेको वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।

Advertisement
Advertisement

गत साता सम्पन्न साफ च्याम्पिनसिपमा नेपालले ५ खेल खेलेको थियो । जसमा २ जित, १ बराबरी र २ खेलमा हार बेहोरेको थियो । त्यसअघि भदौमा स्वदेशमा भारतविरुद्ध भएको २ मैत्रीपूर्ण खेलमा नेपालले एउटा बराबरी र अर्कोमा हार बेहोरेको थियो । भदौ १७ गते १–१ को बराबरी खेलेको भदौ २० गते २–१ ले पराजित भएको थियो । साफ च्याम्पिनसिपमा पनि भारतसँगै नेपाल फाइनलसहित दुई पटक पराजित भएको थियो ।

साफ च्याम्पियनसिप विजेता भारत दक्षिण एसियामा शीर्षस्थानमा कायम छ । गत महिना भन्दा भारतको वरियता एक स्थान सुधार भएको छ । भारत एक सय छैटौं स्थानमा पुगेको छ । दक्षिण एसियाका अन्त राष्ट्रमध्ये माल्दिभ्स नेपाल भन्दा माथि १ सय ५६ औं, भुटान एक सय ८६ औं, बंगलादेश एक सय ८७ औं, पाकिस्तान एक सय ९७ औं, श्रीलंका २ सय चार स्थानमा रहेको छ । पाकिस्तान र भुटानबाहेक ५ राष्ट्रले माल्दिभ्समा भएको साफ च्याम्पिनसिपमा भाग लिएका थिए ।

Advertisement

विश्व वरियतामा बल्जियम शीर्षस्थान र ब्राजिल दोस्रो स्थानमा कायम रहेका छन् । फ्रान्स तेस्रो र इटाली चौथो स्थानमा उक्लदा इग्ल्यान्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दसौं स्थानमा रहेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top