भारतको अनुदानमा बनेको जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

भारतको अनुदानमा बनेको जयरनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

५ कात्तिक, काठमाडौं ।

भारतले सीमापार जयनगर-कुर्था (जनकपुर)को विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको छ । शुक्रबार आयोजित एक समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले भोतिक पूर्वाधार तथा यायातमन्त्री रेनुकुमारी यादवलाई रेलमार्ग हस्तान्तरण गरे ।

भारतले सन् २०१४बाट न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो ।

३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेपनि विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ । कुर्था-जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ ।

जयनगर-कुर्था रेलमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै टुंगो छैन । रेल सञ्चालनमा लागि नेपालसँग अहिले कानुन नहुँदा तामझामसहित असोज पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.