किशोरकिशोरीलाई फाइजर खोप कति प्रभावकारी ?

५ कात्तिक ७८, शनिबार

काठमाडौं: सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ।

अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो । एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समूहलाई खोप लगाइँदै आएको छ।

अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको यो खोपको १ लाख डोज सरकारले कात्तिक ८ गते ल्याउँदैैछ। सुरुमा दम, मुटु, मधुमेहलगायत विभिन्न दीर्घरोग भएका किशोरकिशोरीलाई मुलुकभरका २४ सरकारी अस्पतालबाट यो खोप दिइने सरकारी योजना छ।

फाइजर खोप अन्य उमेर समूहजस्तै किशोरकिशोरीका लागि प्रभावकारी रहेको सीडीसीले जनाएको छ। १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीको समूहमाथि प्रयोगशालामा यो खोपको क्लिनिकल ट्रायल गर्दा कोभिड–१९ विरुद्ध जुध्न प्रभावकारी सावित भएको छ। यो खोप लगाएपछि १६ देखि २५ वर्ष उमेर समूहमा जस्तो प्रतिरोधात्मक क्षमता विकास भएको छ, १२ देखि १५ वर्ष उमेर समूहमा पनि उस्तै क्षमता देखिएको छ।

क्लिनिकल ट्रायलबाट आएको प्रमाणका आधारमा के देखिन्छ भने पहिले संक्रमण नभएका १६ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो खोप दुई डोज लगाउँदा इम्युन सिस्टम बढाउन ८४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ। १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा पनि यो खोप उत्तिकै प्रभावकारी रहेको पाइएको छ,’ सीडीसीले भनेको छ,‘बुस्टर ९तेस्रो० डोज लगाएपछि भने संक्रमण हुनबाट ९५ प्रतिशत सुरक्षित रहन सकिन्छ।’

नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार कात्तिक तेस्रो सातादेखि देशभरका १२ वर्षमाथिका किशोरकिशोरीलाई यो खोप दिने तयारी गरेको छ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top