निर्जीवन बिमा कम्पनीले तीन महिनामै उठाए झन्डै १० अर्ब रुपैयाँ प्रिमियम

८ कात्तिक ७८, मंगलबार

काठमाडौं : निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८-८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आवको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ८८ प्रतिशतले बढी हो ।

यी बिमा कम्पनीहरूले गत आव २०७७÷७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बिमाशुल्क संकलन गरेका थिए ।

नियामक निकाय बिमा समितिका अनुसार हाल सञ्चालित विभिन्न २० बिमा कम्पनीहरूले गत असोजसम्ममा ७ लाख ३० हजार ९ सय ९७ वटा बिमालेख बिक्री गरी कुल ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम रकम संकलन गरेर अर्बौं क्लबमा प्रवेश गर्न सफल भएको छ । सो कम्पनीले तीन महिनामै १ अर्ब ३२ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ । यो अवधिमा यस कम्पनीले ६७ हजार ९७ वटा बिमालेख बिक्री गरिसकेको बिमा समितिले जनाएको छ ।

समितिका अनुसार सो अवधीमा सबैभन्दा बढी संख्यामा बिमालेख बिक्री गर्ने कम्पनीहरूमा नेको इन्स्योरेन्स अघि रहेको छ । सो इन्स्योरेन्सले तीन महिनाको अवधिभित्र कुल ८१ हजार ५५६ वटा बिमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो कम्पनी बिमाशुल्कको आधारमा भने विगतका वर्षहरूमा झैं तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, सबैभन्दा बढी बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । सो इन्स्योरेन्सले ६६ हजार ९ सय ४० वटा बिमालेख जारी गरी कुल ९० करोड ६७ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, ६१ करोड देखि ६९ करोड रुपैयाँसम्म बिमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेका छन् । यी तीनवटा इन्स्योरेन्स कम्पनीहरूले क्रमशः ६३ हजार वटा, ५४ हजार वटा र ३८ हजारवटा बिमालेख बिक्री गरिसकेका छन् ।

यस अवधिमा सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय बिमा कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्सबीच प्रतिस्पर्धा रहेको देखिएको छ । यी दुईवटा बिमा कम्पनीले समीक्षा अवधिमा ४४ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । जसमध्ये प्रिमियम संकलनमा राष्ट्रिय बिमा कम्पनी केही अघि रहेको छ भने सबैभन्दा बढी बिमालेख बिक्री गर्नेमा युनाइटेड इन्स्योरेन्स निकैले अगाडि पर्न सफल भएको समितिले जनाएको छ ।

यसैगरी, ४० करोडभन्दा बढी प्रिमियम रकम उठाउने बिमा कम्पनीहरूमा हिमालयन जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स रहेका छन् । यी दुईवटा बिमा कम्पनीले सो अवधिमा क्रमशः ४२ करोड ४६ लाख रुपैयाँ र ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको समितिले जनाएको छ । समितिका अनुसार न्यूनतम ३० करोड र अधिकतम ४० करोड रुपैयाँसम्म बिमाशुल्क संकलन गर्ने बिमा कम्पनीहरूमा सातवटा निर्जीवन बिमा कम्पनी रहेका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top