×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुलुकलाई समृद्ध बनाउन एमालेले तीनै तहको निर्वाचनमा विजयी हुनुपर्छ : केपी ओली

९ कार्तिक २०७८

९ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअल्ली उद्घाटन गर्दै उनले यस्ताे निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सोही अनुसारको तयारीमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे। अध्यक्ष ओलीले भने, ‘अव हामी चुनावतर्फ जाँदैछौं । तीनै तहको निर्वाचनतर्फ । मिति कुन–कुन हुने हो आफ्नो ठाउँमा छ, छोडिदिऊ । जहिले होला चुनाव, हामी चनाव तर्फ जादैछौं । र चुनावमा हामीले देश विग्रन नदिने गरी, संविधानको रक्षा हुनेगरी, लोकतन्त्रको रक्षा हुनेगरी, विकास निर्माणको गति, जो अवरुद्ध गरिएको छ । त्यसलाई फेरी अगाडि बढाउने गरी अस्तव्यस्त बनाइएको राजनीति, लोकतान्त्रिक प्रक्रिया त्यसलाई ठिक ठाउँमा ल्याउने गरी हामीले आगामी निर्वाचनहरुमा परिणाम प्राप्त गर्नु पर्दछ । त्यसमा निम्ति तयारीमा जुटन म आग्रह गर्न चाहन्छु । हाम्रो पार्टीलाई कमजोर पार्न आन्तरिक घुसपैठ देखि, आन्तरिक रुपमा अनेक प्रकारणका खेल हुनेदेखि यस्ता अनेक खेलहरु भए । आन्तरिक रुपमै पार्टी विरोधी विभिन्न प्रकारका व्यक्ति र तत्वहरु सृजना गर्ने र जो सुषुप्त भए, तिनलाई सक्रिय बनाउने र पार्टीलाई चोईटयाउनेसम्मका प्रयासहरु भएनै, कामहरु भए । र एउटा त एमालेका जमान सिद्धियो, एमाले सिद्धियो । पहिले त उनीहरुले केपी ओलीविनाको एमाले भने । केपी ओलीविनाको सरकार भने । केपी ओलीविनाको सरकार त संसदीय गणितको कुरो हो । संसदको गणितमा सधैं विवेककै प्रयोग हुन्छ भन्ने होईन । दलीय व्यवस्थामा दलको ह्वीप प्रयोग हुन्छ । नहुने कुरा त हुँदो रहेछ ।’

Advertisement

अध्यक्ष ओलीले विरोधीहरुलाई खुसी पार्ने खालका कुनै पनि गतिविधि नगर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले एकतावद्ध एमाले मुलुकको आवश्यक्ता भएको र सोही आवश्यक्ता पूरा हुने गरी पार्टीका हरेक नेता, कार्यकर्ताहरुले काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top