‘बालुवाटार जग्गा प्रकरणका कारण न्यायालयकाे विवादमा बाेलेर भनेर मेराे नाम मुछ्नु आपत्तिजनक’

१० कात्तिक, काठमाडौं।

Advertisement

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘बालुवाटार जग्गा प्रकरणमा विचाराधीन मुद्दा आफ्नो विपक्षमा नजाओस् भन्नेमा सतर्क’ भनेर न्यायालयसम्बन्धी विवादमा मिडियाले आफ्नाे नाम मुछ्नु आपत्तिजनक भएकाे बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफू कहिल्यै असत्य र अन्यायसामु नझुक्ने पनि बताएका छन् । उनले आफ्नो जीवन सत्य र न्यायको निम्ति समर्पण गरेकोले कहिल्यै असत्यसामू नझुक्ने र सबैखाले षडयन्त्रको डटेर सामना गर्ने बताएका हुन् ।

Advertisement

उनले लेखेका छन्–‘बालुवाटार जग्गा प्रकरणमा विचाराधीन मुद्दा आफ्नो विपक्षमा नजाओस् भन्नेमा सतर्क’ भनेर वर्तमान न्यायालयसम्बन्धी विवादमा मिडियाले मेरो नाम मुछ्नु आपत्तिजनक छ।आफ्नो जीवन सत्य र न्यायकोनिम्ति समर्पण गरेको @brb1954 कहिल्यै असत्य र अन्यायसामु झुक्दैन।सबैखाले षडयन्त्रको डटेर सामना गरिनेछ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top