प्रधान्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार जिम्मेवारः एमाले सांसद

११ कात्तिक ७८, शुक्रबार

११ कात्तिक, काठमाडाैँ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद सुजिता शाक्यले अहिलको सरकार नै अवैधानिक तरिकाले बनेको बताएकी छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सांसद शाक्यले अहिलेको सरकार नै अवैधानिक रहेको बताएकी हुन् । उनले प्रधान्यायाधीशमाथि प्रश्न उठ्नुमा अहिलेको सरकार पनि जिम्मेवार रहेको बताइन् ।

सांसद शाक्यले भनिन्, ‘अहिलेको सरकार नै अवैधानिक थियो, यसमा सरकारको जो नेतृत्व छ, नेतृत्व पनि जिम्मेवार छ, न्यायालय त जिम्मेवार हुने नै भयो, दुईवटै पक्षबाट गल्ती भएको छ, आफ्नो नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

Advertisement

नेकपा एमालेका सांसद झपट रावलले अदालतको बेथितीलाई कानूनसम्मत निकास दिनुपर्ने बताए । उनले न्यायालयले नै न्याय खोज्नु बिडम्बना भएको बताए । उनले भने ‘बेथितीलाई रोक्न कानूनले भनेअनुसार चल्नुपर्छ, न्यायालयले नै न्याय खोज्नु जस्तो बिडम्बना अरु केही हुन सक्दैन, न्यायपालिकाबाटै अराजकता देखिन मुलुक कता जाँदैछ भन्ने भान गराउँछ, संसदले छानबिन समिति बनाएर यसलाई निकास दिनुपर्छ ।’

नेकपा (एमाले)का सांसद महेश बस्नेतले व्यक्तिगत ढंगले नभइ प्रवृत्ति र नीतिगत ढंगले न्यायपालिकाको सुधार गर्नुपर्ने बताए । उनले प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्याको समाधान नहुने बताए। सांसद बस्नेतले भने, ‘यसलाई व्यक्तिगत भन्दा पनि नीतिगत र प्रवृत्तिगत तरिकाले अघि बढ्नुपर्छ, प्रधानन्यायाधीशको राजीनामा मागेर मात्रै समस्याको समाधान हुन सक्दैन, विकृति, विसंगतिहरुको हल गर्नुपर्छ, प्रधानन्यायाधीशले मन्त्रालय, राजदूत, पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवसमेतको भाग खोज्नु लाजमर्दो हो ।’

Advertisement

सांसद बस्नेतले न्यायपालिकालाई सदृढ बनाउन प्रधानमन्त्रीको पहलमा सर्वदलीय बैठक बसेर यसको निकास दिनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top