विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका महत्त्वपूर्ण : मन्त्री भुसाल

१२ कात्तिक ७८, शुक्रबार
Share this
705shares

१२ कार्तिक, काठमाडौं ।

Advertisement

सरकार देशभर विद्युतीकरणको योजनामा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताएकी छन्।

बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री भुसालले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको बताइन्।

Advertisement

राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगको बताउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढंगबाट अघि बढाउन केन्द्रलाई निर्देशनसमेत दिइन्।

खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासित बनाउनसमेत सहयोग गर्ने उल्लेख गर्दै उनले मन्त्रालय मातहतका निकायबीच हुने यस्ता प्रतियोगिताले आपसी सहकार्य र भावनात्मक एकता बढाउने विश्वास व्यक्त गरिन्।

Advertisement

प्रतियोगितामा ऊर्जा मन्त्रालय मातहतका आयोग, विभाग, निकायबाट १६ टोलीको सहभागिता रहेको केन्द्रले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top