×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-26-2026 || Nepal Times
Mar 26, 2026
Playing
वार्ताको आवरणमा इरान कब्जा गर्न स्थलगत युद्धको तयारी ?|| Nepal Times
Mar 26, 2026
Playing
Oli,Lekhak र Khapungलाई १० वर्षसम्म जेल सजाय सिफारिस, कार्यान्वयनको जिम्मा Balenलाई || Nepal Times
Mar 26, 2026
Playing
राजनीतिमा लाग्दा व्यापार छोड्नुपर्छ ,भवानी रानाले देखाइन् राजनीति–अर्थतन्त्रको कनेक्शन|| Nepal Times
Mar 26, 2026
Playing
अब्राहम लिंकनमा इ रानी क्षेप्यास्त्र, इ रानले अस्वीकार गरेका १५ बुँदे प्रस्तावमा के छन् ?||
Mar 26, 2026
Playing
२७४ माननीयको आज राष्ट्रिय पोशाकमा शपथ,४७ सांसदले रोजे मातृभाषा|| Nepal Times
Mar 26, 2026
Playing
आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना|| Nepal Times
Mar 26, 2026
Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026

गोदावरी पुष्प प्रदर्शनीमा एकैदिन २५ लाखको कारोबार

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौँ ।

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबादेखि आयोजित १४औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा बढी आम्दानी भएको हो ।

Advertisement

गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । यस वर्षको प्रदर्शनीमा दुई दिनमा रु ३८ लाखको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्ण रुपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिएपनि लक्ष्यभन्दा बढी आम्दानी हुने भएको छ ।

“शुक्रबार र शनिबार जस्तै आर्थिक कारोबार हुने हो भने करिब रु ७० लाखको कारोबार हुन्छ”, अध्यक्ष तामाङले भने । फ्लोरिकल्चर एशोसिएशनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष आगामी सोमबारसम्म चल्ने छ ।

प्रदर्शनीमा सबैभन्दा बढी गोदावरी फूल अवलोकन कर्ताको रोजाई बनेको बताइएको छ । मेलामा ४४ स्टल रहेको छ भने गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत मेलामा राखिएको एशोसिएशनको भनाइ छ ।

काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले मेलामा भाग लिएका छन् भने मेलामा ४०० प्रजातिका फूल रहेको छ । कारोना महामारी र बेमौसमी पानीको कारण यस वर्ष स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले विगतको वर्षमा भन्दा भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ ।

एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

Advertisement

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top