क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

१५ कार्तिक, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि ६० जनाको आवेदन परेको छ ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले मागेको खुल्ला आवेदनमा कुल ६० जनाले नाम परेको बताइएको छ ।

क्यानले १ कात्तिकमा माग गरेको खुल्ला आवेदनमा आइतबारसम्म समयावधि रहँदा ६० जनाले नाम दिएका हुन् । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्रिकेट टोली प्रशिक्षकबिहीन छ ।

क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) वा अष्ट्रेलिया क्रिकेट (सीए) बाट मान्यता प्राप्त लेभल–३ गरेको प्रशिक्षकको माग गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.