नाइजेरियामा २२ तले निर्माणाधीन भवन भत्किंदा ४ जनाको मृत्यु

१५ कात्तिक ७८, मंगलबार

१६ कात्तिक, एजेन्सी ।

Advertisement

नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किंदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन् । भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन् । हालसम्म चार जना जीवितै भेटिएका छन् ।

भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेषमुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राती करिब पौने तीन बजे खसेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top