×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चाँडै हुन्छ

१७ कार्तिक २०७८

१७ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गरेका छन्  ।

Advertisement
Advertisement

पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम आइपुगेका उनले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र क्षतिग्रस्त संरचना पुनर्निर्माणको के कस्तो काम गर्नुपर्छ, त्यसको अवलोकन गर्न आएको बताए ।

कात्तिकको पहिलो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्र धनकुटा, पाँचथर र इलामका विभिन्न स्थानको निरीक्षण गर्नुभएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेपछि सम्बन्धित क्षेत्रका विभागलाई पुनर्निर्माणको काम गर्न निर्देशन दिइएको मन्त्री खाणले जानकारी दिए ।

उनले भने, “भौतिक संरचनामा ठूलो क्षति भएको छ, सडक, विद्युत्, खानेपानी, सिँचाइ, कृषि सबै क्षेत्रमा क्षति पुगेको छ । यी सबै क्षेत्रलाई पुरानै स्थितिमा पु–याउन सबै विभागलाई निर्देशन दिइसकिएको छ ।” पूर्वी पहाडमा नसोचेको क्षति भएको छ, अब पहाडमा कस्ता किसिमका बोटबिरुवा लगाउने, प्राकृतिक प्रकोपबाट पहाडलाई जोगाउने भन्ने विषयमा गम्भीर हुनुपर्ने अवस्था आएको छ भन्दै मन्त्री खाणले बाढीपहिरोबाट घाइते भएकाको नेपाल सरकारले उपचार खर्च बेहोर्ने बताए ।

Advertisement

“नेपाली कांँग्रेस इच्छा नहुँदा नहँुदै पनि विषम परिस्थितिमा सरकारमा गएको छ, लोकतन्त्रमा यसलाई सहज रूपमा लिनुपर्छ,” मन्त्री खाणले भने, “सरकारले केही गल्ती, कमजोरी गरे सञ्चार क्षेत्रले त्यसलाई औँल्याएर सरकारलाई निर्देशित गर्ने काम गर्नुहोस् । हामी त्यसमा खुसी हुन्छौँ ।” यहाँ बाढीपहिरोमा परेर १५ जनाले ज्यान गुमाएका छन भने करोडौंको क्षति भएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top