सत्तारुढ गठबन्धन चुनावसम्मै जान्छ – प्रधानमन्त्री देउवा

१८ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताएका छन्। प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे।

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्किएका देउवाले सर्वोच्च अदालतमा अहिले देखिएको विवादका विषयमा भने कुनै प्रतिक्रया जनाएनन्।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अहिले नआत्तिन आग्रह गरेको बताए।

अहिले संघीय संसद्को चालु अधिवेशन अर्कै कारणले स्थगित भएको भन्दै देउवाले एमसीसीका डेपुटी सीईओलाई सम्झौताको विषयलाई लिएर नआत्तिन भनेर आग्रह गरेको बताए।

प्रधानमन्त्री देउवाले कोप २६ सम्मेलनका क्रममा विश्वका नेताबाट राम्रो सद्भाव पाएको बताए। देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताए।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी कुराकानी भएको बताए। भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिँदै देउवाले नेपालप्रति भारतीय सद्भाव बढेको पाएको पनि दाबी गरे।

भारतीय प्रधानमन्त्री मोदीले आफूलाई पनि भारत भ्रमणको निम्तो दिएको देउवाले जानकारी दिए।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top