×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गाउँगाउँमा सुरक्षा गस्ती

१९ कार्तिक २०७८

१९ कार्तिक, काठमाडौं ।

चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ ।

Advertisement
Advertisement

तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेको छ ।

कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम पर्यटकलाई आग्रह गरिएको छ ।

रसुवावासीको सुरक्षार्थ १३ वटाभन्दा बढी प्रहरीचौकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले आवश्यक शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरी २४ सै घण्टा तयार रहेको जानकारी दिए । राजमार्गअन्तर्गत बेत्रावती, कालिकास्थान, ग्राङ, धुञ्चे, स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी, हाकुबेँसी र मैलुङ क्षेत्रमा प्रहरीचौकी रहेका छन् ।

यसैगरी ग्रामीण क्षेत्रका लागि डाँडागाउँ, पारच्याङ, लाङटाङ, थुमन, थाम्बुचेतसमेत स्थानबाट सेवा प्रदान भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए । गाउँ क्षेत्रका प्रायः स्थानमा सडक सञ्जाल जोडिएको र प्रहरीलाई सवारी साधनको समेत व्यवस्था भएकाले कुनै पनि नागरिकले सुरक्षा माग्दासाथ तुरुन्तै प्रहरी पुग्ने वातावरण रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस्तै चाडपर्वको मौका छोपी वन जङ्गलमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकामा थप सुरक्षा गस्तीको व्यवस्था गरेको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश गौडाले जानकारी दिए ।

Advertisement

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लाअन्तर्गत हिमाली क्षेत्रको एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना विष्णुदल गण तैनाथ रहेको बताइएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top