थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला, अझै दैनिक १० हजार कोभिड संक्रमित

२१ कात्तिक ७८, सोमबार

२२ कार्तिक, वैंकक ।

थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुला गरिएको छ ।

यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका छन् । अब थाइल्याण्ड भ्रमण गर्ने पर्यटकहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

कोरोना महामारीले थाइलेन्डको अर्थतन्त्रलाई चौपट पारेको छ । कोभिड संक्रमण हुनुअघि थाइल्याण्डमा हरेक वर्ष ४ करोड पर्यटक घुम्न जान्थे । कोभिडका कारण गत वर्ष पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट आएको थियो ।

‘दुई वर्षसम्म हामीले कुनै काम गर्न पाएनौं । अहिले सबै खुकुलो भएको छ,’ पथ प्रदर्शक चियायगोर्न बुनयापाक भन्छन् । तर, उनलाई ग्राहकले अहिलेसम्म सम्पर्क गरेका छैनन् । पर्यटन क्षेत्र पहिल्यैको अवस्थामा फर्किन अझै दुई तीन महिना लाग्ने अनुमान गरिएको छ ।

‘सरकारले पर्यटन क्षेत्र सहज ढंगले खोल्नेमा मलाई शंका नै लाग्छ । आशा छ सबै क्षेत्र पुनः सञ्चालनमा आउनेछ । काममा फेरि फर्किन पाउँदा निकै खुसी लागेको छ, ’ बुनयापाक भन्छन् ।

बेलायत, चीन, जापान, अमेरिका र युरोपका अधिकांश देशका लागि उडान सञ्चालन हुने वैंकक र फुकेटका विमानस्थलहरु खुला गरिएका छन् ।

सरकारले सन् २०२३ सम्म देशको अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा फर्काउने तयारी गरेको छ । तर, चीनसँगको सीमा बन्दका कारण पर्यटन क्षेत्रमा असर गर्ने विज्ञहरु बताउँछन् । सन् २०१९ मा चीनबाट १ करोड २० लाख पर्यटक थाइल्याण्ड गएका थिए ।

थाइल्याण्डमा अझै पनि केही प्रतिबन्ध लागू गरिएका छन् । अहिलेसम्म ४२ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । यहाँ अझै पनि दैनिक कोभिडका १० हजार नयाँ संक्रमित भेटिएका छन् । –एजेन्सी

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top