×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राहत वितरणका लागि सहजीकरण समिति गठन

२१ श्रावण २०७५

विराटनगर,साउन २१
समयमा वितरण नगरिएका कारण फिर्ता गएको बाढी पीडितको राहत रकम फेरिपनि निकासा गराउन पहलगर्ने उद्धेश्यले कटहरी गांउपालिकाले बाढीपीडित राहत वितरण सहजीकरण समिति गठन गरेको छ ।

गांउपालिकाले आज पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी दिएको हो । समितिमा गांउपालिकाका प्रमुख रामकुमार कामतसहित बाढीपीडित संघर्ष समितिका संयोजक मृत्यूञ्जय झा रहेका छन् ।

Advertisement

७ सदस्यीय समितिमा गांउपालिकाको तर्फबाट तीन जना र संघर्ष समितिको तर्फबाट ४ जना रहेका छन । सो बिषयमा जानकारी दिदै गांउपालिकका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले गांउपालिका प्रमुख कामतको संयोजकत्वमा रहेको सो समितिले फिर्ता गएको बाढीपीडितको राहत रकम फिर्ताल्याउन स्थानीय र केन्द्र सरकारमा पहल गर्ने बताए ।

कटहरी गांउपालिकाका प्रमुख कामतले बाढी पीडितकालागि आएको रकम कुनै दुरासयले नभई समन्वयको कारणले समयमा वितरण गर्न नसकिएको दाबी गरे । उनले राहत रकम फेरिपनि निकासा गराउन आफुहरु लागिपरेको बताए ।

Advertisement

सो गांउपालिकाका १५ सय १७ बाढी पीडित परिवारकालागि आएको ३ करोड ७९ लाख २५ हजार रकम फिर्ता गएपछि गांउपालिकामा तनाव भएको हो । गांउपालिकाले बाढी पीडितकालागि आन्तरिक कोषबाट ६३ लाख बढीको राहत वितरण गरेको जनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top