२६ कात्तिक, काठमाडौं।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ भने ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेका छन् ।