अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बुधबार नेपाल आउँदै

२७ कात्तिक, काठमाडौं ।

Advertisement

दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक विज्ञप्ति जारी गर्दै सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको जानकारी दिएकाे छ ।

उनी नोभेम्बर १५ मा माल्दिभ्सकाे माले जाने र त्यहाँको भ्रमण पुरा गरी काठमाडौं आउने जनाइएकाे छ । अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको हो ।

Advertisement

सहायक मन्त्री लूको काठमाडौं भ्रमणको क्रममा नेपालमा संचालित अमेरिकी परियोजनाहरुबारे समेत द्धिपक्षीय छलफल हुने जनाइएको छ ।नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरुलाई भेट्ने जनाइएको छ ।

नोभेम्बर १८ मै भारतको सत्तारुढ बीजेपी नेता एवं रेल तथा परिवहन मन्त्री नीतिन गड्करी पनि काठमाडौं आउने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top