‘केयर गिभर’बाहेक अन्य क्षेत्रमा पनि नेपाली श्रमिक लान इजरायल सकारात्मक

३० कात्तिक ७८, बुधबार

३० कात्तिक, काठमाडाैँ ।

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग मंगलबार नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताएका हुन् ।

भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेको श्रम मन्त्रालयले जनाएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन् । सन् २०२० मा भएको श्रम सम्झौताअनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा एक हजार १७५ जनालाई इजरायलले रोजगारी प्रदान गरेको छ ।

केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू छिट्टै रोजगारीका लागि इजरायल जाँदैछन् । योग्यता प्रणालीअनुरूप रोष्टरमा रहेका बाँकी ४२५ जनालाई समेत रोजगारीको अवसर दिन नेपालले आग्रह गरिरहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top