कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा खड्गी विजयी

९ मंसिर, काठमाडौँ ।

Advertisement

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी हुनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतगणनाअनुसार खड्गीले १८८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १७९ मत प्राप्त गरे।

Advertisement

सचिवमा उत्तम अधिकारी १९५ र रामशरण पाण्डे १८१, सहसचिवमा श्रीकृष्ण विडारी २११ र रवि सापकोटा १६२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिए ।

खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २२८, इन्द्रमान महर्जन १९४, भीमसेनदास प्रधान १९१, हरिहर अधिकारी १७८, मनोज भण्डारी १६२, मोहम्मद निजामुद्दीन १४५, रूपकराज कुँवर १५६, सानुभाई सापकोटा १५८, केदारनाथ पाठक १४४ र इच्छाराम कार्की १४७ मत ल्याई विजयी भएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top