रिमोट थिचेर झण्डोत्तलन गर्दै अध्यक्ष ओलीद्वारा महाधिवेशनकाे उद्घाटन

१० मंसिर, काठमाडाैँ ।

Advertisement

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ महाधिवेशनको भव्यसमुद्घाटन गरेका छन्। उले रिमाेटबाट झण्डोत्तोलन गर्दै दसौँ महाधिवेशनको विधिवत उद्घाटन गरेका हुन् ।

ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०‍औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गरेका थिए ।

Advertisement

कार्यक्रम उद्घाटन अघि मञ्चमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकसाथ प्रवेश गर्दा  तालीले स्वागत गरिएको थियो । उनीहरु दुबै जनाले हात हल्लाएर अभिवादन गर्दा मञ्च वरपर रहेका कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top