राप्रपा महाधिवेशनमा प्रचण्ड र सीपी मैनालीबीच घोचपेच

राप्रपा महाधिवेशनमा प्रचण्ड र सीपी मैनालीबीच घोचपेच

१५ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्य गरेका छन् ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गरेका हुन् ।

मैनालीले विगतमा सशस्त्र आन्दोलन (झापा बिद्रोह) गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए ।

‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने । प्रचण्डले आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने बताए ।

प्रचण्डभन्दा अघि शुभकामना मन्तव्य राखेका मैनालीले राजा महेन्द्रको प्रशंसा गर्दै उनी राष्ट्रवादी भएको बताएका थिए। उनले नेपालका विभिन्न समयमा भएका परिवर्तनमा विदेशी एजेन्डा पनि सँगै आएको तर्क गरेका थिए।

२०६३ मा माओवादी शान्ति प्रक्रियामा आउँदा पनि भारतका केही एजेन्डा बोकेर आएको मैनालीको जिकिर थियो। आफूले पहिला राजाको विरोध गरेर गल्ती गरेको उनको भनाइ थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.