मुलुकको अहिलेको अवस्थाले कुनै न कुनै स्वरुपको राजतन्त्रको माग गरेको छः लोकेन्द्रबहादुर चन्द

मुलुकको अहिलेको अवस्थाले कुनै न कुनै स्वरुपको राजतन्त्रको माग गरेको छः लोकेन्द्रबहादुर चन्द

१५ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतमा देखिएको विवादबारे मुलुक सञ्चालक गरिरहेका नेताहरू जिम्मेवार नदेखिएको भन्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै चन्दले सर्वोच्च अदालतमा देखिएको बेथितिप्रति प्रधानमन्त्री शेरबहादुर देउवाअगाडि नै असन्तुष्टि व्यक्त गरेका हुन् । अहिले न्यायालयमा बिडम्बना देखिएको छ ।

तर कोही जिम्मेवार छैन जस्तो अवस्था आएको छ, चन्दले भने । सर्वोच्च अदालतको विवाद यसरी नै समाधान गर्नुपर्छ भन्ने आफ्नो धारणा नरहेको चन्दको भनाइ छ । उनले भने, यस्तै हुनुपर्छ भन्ने होइन तर निकास हुनुपर्छ ।

मुलुकमा अहिले देखिएको अवस्थाले कुनै न कुन‌ै स्वरुपको राजतन्त्रको आवश्यकता रहेको चन्दको भनाइ थियो । सर्वोच्च अदालतमा कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।

नेपाल बारको नेतृत्वमा कानुन व्यवसायी देशभर विरोधमा उत्रिएका छन् । उनीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनैपर्ने अडान राखेका छन् । जबरा भने कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा पनि बिदा नबसेर कुनै पनि हालतमा राजीनामा नदिने अडान राख्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.