दोलखामा एकै परिवारका तीन जना मृत फेला

दोलखामा एकै परिवारका तीन जना मृत फेला

१५ मंसिर, दोलखा ।
दोलखामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा पाँच दिने नाबालकसहित तीन जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले जानकारी दिए ।

तामाकोशी गाउँपालिका–२, झुलेका २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र पाँच दिने छोरा मृत फेला परेको रिजालले बताए । कोठामा कोइला बालेको पाइएकाले धुँवाले निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.