×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

आन्तरिक चुनौतीका बीच अमेरिकाले लोकतन्त्र बारे शिखर सम्मेलन गर्दै

२३ मंसिर २०७८

२३ मंसिर, वाशिंगटन।

वाशिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले विहीबार विश्वव्यापी नेताहरूलाई लोकतन्त्रको लागि नयाँ र कडा प्रतिबद्धताहरू व्यक्त गर्ने वाचा सहित शिखर सम्मेलनको आयोजना गर्दैछन्। यद्यपि अमेरिका आफैंले आफ्नो लोकतान्त्रिक परम्परा र घरभित्रैबाट लोकतन्त्र माथि केही गम्भीर खतराहरूको सामना गरिरहेको छ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रको लागि प्रशासनको उद्घाटन शिखर सम्मेलनको शुभारम्भ गर्दा विश्व लोकतन्त्र अझै पनि काम गर्न सक्छ भनेर देखाउने दृढ संकल्प व्यक्त हुने अपेक्षा छ जुन अमेरिका आफै लोकतान्त्रिक दुनियाँमा लामो समयदेखि ज्वलन्त उदाहरण मानिएको राष्ट्र हो। अहिले अमेरिकाका विभिन्न तह र तप्कामा लोकतान्त्रिक अभ्यासमा विभिन्न संघ-संस्थामा व्यापक प्रश्न चिन्ह उठेका छन् ।

पछिल्ला दिनहरूमा विद्यालय सञ्चालक समितिको बैठक, निर्वाचन कार्यालय र टाउन हलमा आक्रोशित स्वरको द्वन्द्वका बीच स्थानीय निर्वाचित पदाधिकारीहरूले डरलाग्दो दरमा राजीनामा दिइरहेका छन् । राज्यहरूले मतपत्रमा पहुँच सीमित गर्न कानूनहरू पारित गर्दैछन् जसले गर्दा अमेरिकीहरूलाई मतदान गर्न अझ गाह्रो बनाउँदैछ। जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणले अमेरिकी राजनीतिक दलका धेरैलाई डोनाल्ड ट्रम्पको चुनावमा धाँधली र चोरी भएको झूटो दाबीमा अडिग रहन बाध्य पार्यो र भोटको शुद्धतामा प्रश्न उठाएको छ ।

यसै बीच अमेरिकाले विश्वभर अझ राम्रो सन्देश दिनुपर्नेमा स्वदेशी र विदेशी आलोचकहरू जोड दिन्छन् । “के हाम्रो लोकतन्त्रले हामीलाई अलग पारेको झूट, क्रोध, घृणा र डरलाई जित्न सक्छ?” क्यापिटल विद्रोहको महिनौं पछि बाइडेनले आफ्नो अध्यक्षताको शुरुमा कांग्रेसको संयुक्त सत्रमा प्रतिप्रश्न गरेका थिए ।

“अमेरिकाका विरोधीहरू – संसारका निरंकुशहरू – हामी सक्दैनौं भनेर आरोप लगाइरहेका छन्।” उनले भनेका थिए । विश्वको अग्रणी प्रजातन्त्रका लागि यो एक अस्तव्यस्त क्षण हो किनकि विश्वभर अधिनायकवाद बढ्दै गएको छ, जसले संयुक्त राज्य अमेरिकाको क्षमतामा प्रश्न खडा गरिरहेको छ।

दुई दिने भर्चुअल शिखर सम्मेलनको लागि सहयोगीहरू भेला हुँदा ह्वाइट हाउस “नम्रताको ठाउँबाट” बैठकमा आउँदैछ, अमेरिकाले यो बुझेको छ कि कुनै पनि लोकतन्त्र पूर्ण छैन र अमेरिका पनि पूर्ण होइन ।

उक्त शिखर सम्मेलनमा लगभग ११० देशहरू सहभागी हुने र तिनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न नयाँ प्रतिबद्धताहरू घोषणा गर्ने उद्देश्यले बाइडेनले राजधानीको मार्टिन लुथर किंग जूनियर मेमोरियलको वार्षिकोत्सव समारोहमा गरे जस्तै घरमै मतदान अधिकारको महत्त्वको बारेमा बोल्ने योजना बनाएको अधिकारीले जनाएका छन् । त्यस समयमा राष्ट्रपतिले मतदानलाई “त्यो मौलिक अधिकार” भनेका थिए र यसलाई “सबैभन्दा गैर-अमेरिकी चीज” कल्पना गर्न सकिने कुराको रूपमा कटौती गर्ने प्रयासहरूको निन्दा गरेका थिए।

यसै बीच राष्ट्रपति बाइडेनले आफ्नो महत्वाकांक्षी घरेलु एजेन्डा, ($ १ ट्रिलियनको पूर्वाधार बिल) को कानूनमा हस्ताक्षर गरेका छन् साथै लगभग $ २ ट्रिलियन “बिल्ड ब्याक ब्याक बेटर एक्ट” सामाजिक र जलवायु परिवर्तन पहलहरू सिनेट मार्फत अघि बढ्दै छ यदि त्यसो भएमा लोकतन्त्रले जनता र विश्वको पक्षमा कसरी काम गर्छ भन्ने राम्रो सन्देश दिन सक्ने बाइडेनको दाबी छ ।

“संयुक्त राज्य अमेरिकामा समृद्ध लोकतन्त्र छ तर हालका वर्षहरूमा यसले पीडा दिइरहेको छ,” फ्रिडम हाउसका अध्यक्ष माइकल अब्रामोविट्जले टिप्पणी गरेका छन् । “अहिले हामी अमेरिकामा यस्तो चरणबाट गुज्रिरहेका छौं जहाँ केही काम गर्न र लोकतन्त्रले डेलिभर गर्न सक्छ भनेर प्रमाणित गर्न धेरै गाह्रो छ,” उनले भनेका छन्।

एउटा प्रारम्भिक परीक्षण बिहीबार आउनेछ जब अमेरिकी सदनले प्रोटेक्टिङ अवर डेमोक्रेसी ऐनलाई अनुमोदन गर्न अघि बढ्छ, फ्रिडम टु भोट ऐन र जोन लुईस भोटिङ राइट्स ऐनसँगै तीनवटा बिलहरू जुन कङ्ग्रेसमा डेमोक्र्याटहरूले प्रस्तुत छन्। चौथो विधानको मस्यौदाकरण चुनावी गणना ऐनमा परिवर्तनहरू सम्बन्धी छ ।

तर कङ्ग्रेसले मन्थन गर्नका लागि वैधानिक विकल्प प्रस्तुत गर्नेछ तर रिपब्लिकनहरूको विरोध गर्नेछन् । किनकि केही रिपब्लिकनहरूले बिलहरू अनावश्यक छन् वा नाटकीय रूपमा फिर्ता गर्न आवश्यक छ भनेर टिप्पणी गरेका छन्। अरूले ट्रम्पको चुनावी धोखाधडीको झुटा दावीलाई निरन्तरता दिइरहेका छन् । दर्जनौं अमेरिकी अदालतका मुद्दाहरू जुन मतदानमा अनियमितताको कुनै प्रमाण फेला परेनन्, ती अझै चर्चामा छन् । केही रिपब्लिकनहरूले अब क्यापिटलमा भएको आक्रमणलाई सुस्त्याउँने प्रयत्न गर्दैछन् यद्यपि सयौं दङ्गा गर्नेहरूले अदालतहरूमा आरोपहरूको सामना गरिरहेका छन्।

ह्वाइट हाउसले लोकतन्त्रको पुनर्निर्माणको रूपमा हेरेको कार्यमा एक वर्षको लागि त्यस माथि नै तयारी गरिरहेको छ। कङ्ग्रेसमा डेमोक्र्याटको बिलहरू विरुद्ध रिपब्लिकन नाकाबन्दीले समान रूपमा विभाजित ५०-५० च्याम्बरमा लगभग (असम्भव ६०-भोट थ्रेसहोल्ड) पार गरेर च्याम्बरको फिलिबस्टर नियमहरूलाई यथासम्भव परिवर्तन गर्ने निजी सिनेट वार्तालाई पुनर्जीवित गरेको छ, यद्यपि यो जटिल देखिन्छ।

“यदि राष्ट्रपति बाइडेन साँच्चै विश्वास गर्छन् – जसरी उनले गर्नुपर्छ – कि हामी लोकतन्त्रको रक्षाको लागि अस्तित्वको लडाईमा छौं, उनलेले कहिले राजनीतिक पुँजीलाई यी बिलहरूको पछाडि राख्नछन्?” इयान बासिन, प्रोटेक्ट डेमोक्रेसीका कार्यकारी निर्देशक, (गैर-पक्षीय, अधिनायकवाद विरोधी संगठन) भनेका छन्।

विश्वव्यापी रूपमा, यस बीचमा यस हप्ताको शिखर सम्मेलन चल्दैछ किनकि बाहिरी समूहहरूले लोकतन्त्रको विश्वव्यापी स्लाइडको बारेमा चिन्ता बढाइरहेका छन्, र निराशा बढ्दै गएको देखिन्छ । कोभिड-१९ को महामारी र यसबाट भएको जनधनको क्षतिले यसलाई थप सङ्कटग्रस्त बनाएको छ यसबारे यो शिखर सम्मेलनमा कसरी छलफल गरिन्छ विश्वले चासोपूर्वक हेरेको छ ।

चीन र रुसबाट प्रजातान्त्रिक विरोधी प्रभाव र टिप्पणीको बीचमा सरकारको उत्कृष्ट रूपहरू बारे परिवर्तन गर्ने मनोवृत्तिको साथसाथै केही स्पष्ट रूपमा लोकतान्त्रिक देशहरूमा अधिनायकवाद बढ्दै गएको टिप्पणी भइरहेको छ। यस हप्ता सार्वजनिक गरिएको प्यू रिपोर्टले भनेको छ “मानिसहरूले लोकतन्त्र मन पराए पनि तिनीहरूको प्रतिबद्धता प्रायः धेरै बलियो हुँदैन।”

यस्तै चीनले यस शिखर सम्मेलनलाई अमेरिकाको प्रजातन्त्रको नाममा गर्न लागिएको नक्कली जमघट को रूपमा टिप्पणी गरेको छ । चीनले आयोजना गर्न लागेको शीतकालीन खेल र त्यसमाथि अमेरिकाको टिप्पणी र अमेरिकाले आयोजना गर्न लागेको शिखर सम्मेलन र त्यसमाथि चीनको टिप्पणीले अहिलेको विश्व राजनीतिक मञ्च तातेको छ ।

विश्वका प्रजातान्त्रिक भनिने देशहरू र त्यहाँको खास अवस्था बारे विभिन्न अनुसन्धान भइरहेका छन् । अमेरिकालगायत धनी देशहरूमा पनि सैन्य शासनको पक्षमा केही व्यक्तिहरू रहेको टिप्पणी पनि सार्वजनिक भइरहेका छन ।

यस्तै अनुसन्धान गर्ने अर्को समूह, इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्सले आफ्नो वार्षिक प्रतिवेदनमा भारत र ब्राजिलसँगै अमेरिकालाई पछिल्लो सूचीमा थपेको छ र प्रजातान्त्रिक भनिने देशहरूमा यस व्यवस्था प्रति संशय अनुभव गर्नेहरूको संख्या विगत एक दशक जति “कहिल्यै उच्च नभएको” टिप्पणी गरेको छ ।

सदनमा बिहीबार मतदान भइरहेको कानूनले यसका समर्थकहरूले अमेरिकामा वर्षौंदेखि निर्माण गरिरहेको र ट्रम्पको कार्यकालमा तीव्र भएको कार्यकारी ओभररीचलाई विचार गर्ने केहीलाई लाभ दिने प्रयास गर्दछ। यसमा कंग्रेसनल निवेदन- आदेश कार्यान्वयनलाई सुदृढ गर्ने, ह्विस्टलब्लोअरहरूको सुरक्षा गर्ने र राष्ट्रपतिको आपतकालीन घोषणाहरूको कंग्रेसको निरीक्षणको लागि प्रदान गर्ने प्रावधानहरू समावेश छन् । यद्यपि अन्य प्रावधानहरू मध्ये, तीमध्ये धेरैलाई पहिले रिपब्लिकनहरूले समर्थन गरेका थिए।

खुफिया समितिका डेमोक्र्याटिक अध्यक्ष रेप. एडम शिफले क्यापिटलमा जनवरी ६ मा भएको आक्रमणको छानबिन गर्ने हाउस प्यानलले चुनावी गन्तीमा सुधारहरू बारेको अध्ययन गरिरहेको छ जसबाट धेरै अपेक्षा छन् ।

“जनवरी ६ को आक्रमण र वर्तमानमा हाम्रो प्रणालीको निष्क्रियताको बारेमा संयुक्त राज्य अमेरिकालाई दिएको छवि, मलाई लाग्छ, संसारभरको लोकतन्त्रमाथिको प्रहार हो,” शिफले एसोसिएटेडसँगको एक अन्तर्वार्तामा भनेका छन् ।

यस्ता थुप्रै आन्तरिक चुनौतीका बीच अमेरिकाले लोकतन्त्र बारे विश्व शिखर सम्मेलन आयोजना गरेर लोकतन्त्रमाथि विश्वास गर्नेहरूलाई भरपर्दो सन्देश प्रवाह गर्नुपर्नेछ र आमन्त्रित विश्वभरका नेतृत्वतहबाट त्यसको अनुमोदन र थप प्रतिबद्धताको पहलकदमी पनि गर्नुपर्नेछ ।

रासस/एपी

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top