इमरान खानले आउँदो शुक्रबार प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने

२७ साउन ७५, आइतबार
Share this
702shares

एजेन्सी, साउन २७
इमरान खानले आउँदो शुक्रबार पाकिस्तानको प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने पक्का भएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले सपथग्रहणको औपचारिक मिति तय गर्दै इमरानलाई संसदीय दलको नेता चुन्ने औपचारिक प्रक्रिया पूरा भएको बताएको छ ।

Advertisement

पीटीआई नेता फैसल जावेदले सपथग्रहण समारोहमा भारतीय क्रिकेट टीमका पुर्ब कप्तानहरु सुनिल गावस्कर, र कपिलदेव तथा ब्याट्सम्यान नवजोतसिंह सिद्धूलाई निम्तो पठाइएको बताएका छन । गएको हप्ता भएको चुनावमा १ सय १६ सिट जितेको पीटीआईले आफूलाई १८० भन्दा बढी सांसदको समर्थन रहेको दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top