२५ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ।
देउवाले उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर आफ्नो प्यानल तयार पारेका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् ।
यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
प्रधानमन्त्री देउवा केहीबेरअघि प्यानलसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।