कांग्रेस महाधिवेशन : यी हुन् सभापतिका दावेदार, कसको प्यानल बलियो?

२५ मंसिर, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभामा आज ५ बजेसम्मका लागि तोकिएको मनोनय दर्तामा कांग्रेस सभापति शेरबहादुर देउवासहितले उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाबाहेक, शेखर कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिले प्यानलसहित तथा कल्याण गुरुङ र युवराज न्यौपानेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकांक्षी भए पनि अन्तिम समयमा उनले शेखर कोइरालालाई साथ दिएका थिए।

Advertisement

देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन्। पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ। दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top