माओवादीलाई पहिलो पार्टी बनाउने गरी परिचालित हुन प्रचण्डको निर्देशन

२५ मंसिर, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले सबै तह, तप्कामा आक्रामक ढङ्गले गई जनतालाई विश्वासमा लिन सके माओवादी केन्द्र एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बिचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए । सात प्रदेश र दुई वटा गैर भौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए ।

पूँजीवादले निम्त्यायो जलवायु सङ्कट
अध्यक्ष प्रचण्डले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिक रूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिए । तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिउँ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ ।

तापक्रम बढाउने काम साम्राज्यवादी शक्तिले गरेको भन्दै त्यसका विरुद्ध साझा मोर्चा बनाएर सङ्घर्ष गर्नुपर्ने उनको भनाइ छ । प्राकृतिक स्रोत तथा साधनमा वित्तीय एकाधिकार पूँजीवादले गरिरहेको हस्तक्षेपलाई रोक्न पनि हामीले आफ्नै सापेक्षतामा सङ्घर्ष गर्नुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनलगायत विषयमा राष्ट्रिय रूपमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि मोर्चाबन्दी गरेर अगाडि जानुपर्ने उनले बताए।

‘नयाँ विचारसहित आफ्नै खुट्टामा उभिऔँ’
अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गरे। अध्यक्ष दाहालले हामी आफैँ दुबिधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गरे।

‘गुटबन्दी र अराजकता रोकौँ’
“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो वैचारिक स्पष्टताको अभावले भएको हो”, अध्यक्ष दाहालले भने । उनले विचारमा स्पष्टता नहुँदा गन्तव्य स्पष्ट नहुने र जताततै अँध्यारो मात्रै देखिने बताए ।

अध्यक्ष दाहालले भने, “सबैतिर अँध्यारो मात्रै देखेपछि कसरी जाँगर आउँछ रु अब नयाँ तरिकाले जानुको विकल्प छैन ।” उनले समस्या र विचारको अस्पष्टताबाट बाहिर निस्केर अगाडि बढ्नुपर्ने र आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा नयाँ दस्ताबेज आउने बताए।

‘क्रान्तिकारी रूपान्तरण र पुनर्गठन अत्यावश्यक छ’
सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रूपान्तरण र पुनर्गठन गर्नुपर्ने तत्कालको आवश्यकता भएको स्पष्ट पारे । उनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण र पुनर्गठन गरेर मात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने बताए ।

उनले विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य, गर्ने भ्रष्टीकरणलाई रोक्ने, श्रमजीवी वर्गसँगको सम्बन्धबारे मिहिन तरिकाले समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीभित्रका समस्या र कमजोरीलाई समाधान गर्दै यथास्थितिवादसँग सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी रूपान्तरण र पुनर्गठनको पहल गर्नैपर्ने उनको भनाइ छ ।

उनले देशी–विदेशी शक्ति माओवादीलाई क्रान्तिकारी पार्टी बन्न नदिने षड्यन्त्रमा लागिपरेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए । नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई एकाकार र थप बलियो बनाएर लैजान प्रतिबद्ध रहेको उल्लेख गरे।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top