१ पुस, काठमाडौं ।
कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ।
आज सेयर बजार ३७.८७ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार १.५७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ३ सय ७६.७४ विन्दुमा सीमित भएको छ।
आज ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा कारोबार भएको छ। आज म्युचल फण्ड उपसमूहबाहेक सबै उपसमूह राताम्मे छन्। म्युचल फण्ड उपसमूह ०.५७ प्रतिशतले बढेको छ।
कम्पतीतर्फ बिहीबार नेपाल बंगलादेश बैंक लिमिटेड ९.९९ प्रतिशत, स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड ५.३५ प्रतिशत र माउण्टेन इर्नजी नेपाल लिमिटेड ४.०३ प्रतिशतले बढेका छन्।
