राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने माओवादीको लक्ष्य

६ पुस ७८, बुधबार

७ पुस, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ ।

Advertisement

बुधबार माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पुष ११ गदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएका हुन् ।

उनले नयाँ क्रान्तिकारी विचार निर्माणसहितको नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नु राष्ट्रिय सम्मेलनको मुख्य दायित्व भएको बताए । राष्ट्रिय सम्मेलनमा पार्टीको आजसम्मका आरोह–अवरोहको सम्बन्धमा गम्भिर रुपले छलफल गर्ने र कमिकमजोरीहरुको पनि समिक्षा हुने उनले बताए । उनले भने – ‘हामी ६४ सालमा सबभन्दा ठूलो पार्टी थियौँ ।

Advertisement

७० पछि हामी लगभग १० वर्ष जति सानो पार्टी भयौँ । र सानो पार्टी हुँदाखेरी हामीले भएका अरु पार्टीहरु सँग सहकार्य गर्दाखेरीको र संसदीय अभ्यासमा हामीले भोगेका चिजहरुलाई गम्भिर रुपले समिक्षा गर्छौ । हामी ६४ सालमा सबभन्दा ठुलो पार्टी किन भयौँ ? त्यसपछि हामी किन साना भयौ ? र हामीले के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीत भएर बहस थाल्ने सोचेका छौँ ।

हामीले क्रान्तिकारी बाटोमा केही अवरोधहरु सँग लड्ने बेलामा केही कमी, कमजोरी ग¥यौँ कि भन्ने समिक्षासहित प्रस्तुत हुने पक्षमा छौँ यो राष्ट्रिय सम्मेलनमा ।’

Advertisement

माओवादीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता

उनले पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता भएको उल्लेख गर्दै पार्टी सोबाट विचलित भए÷नभएको सम्बन्धमा समिक्षा गर्ने जानकारी दिए । एकतावद्ध हुने र क्रान्तिको बाँकी कार्यभारलाई सम्पन्न गर्नेगरी पार्टीलाई कस्तो बनाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रीत रहेर छलफल हुने उनको भनाई छ ।

उनले भने – ‘हाम्रो मान्यता, सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवादलाई सिद्धान्त मानेको छ । त्यसको संगठनात्मक सिद्धान्त के भने जनवादी केन्द्रीयता हो । कतै त्यो बाट विचलित त भएनौँ भन्नेमा पनि हामी समिक्षा गर्छौ ।

त्यसकारण पार्टी निर्माणमा केन्द्रीकृत अभिव्यक्ति दिने, एकतावद्ध हुने, क्रान्तिको बाँकी कार्यभारलाई सम्पन्न गर्ने तर परम्परागत ढंगले क्रान्ति होइन, नयाँ ढंगले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने, नेपाली जनताको रुपान्तरणको सपनालाई पुरा गर्ने कुरामा केन्द्रीत छौँ । त्यो ढंगको पार्टी कसरी बनाउन सकिन्छ, त्यो विषयमा हामी केन्द्रीत रहेर छलफल, बहस गर्नेछौँ ।’

सम्मेलनमा १५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुने

राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन । जसमध्ये आयोजक समिति १७९ जना, सल्लाहकार समिति १४९ जना, ज्येष्ठ कम्युनिष्ट १२५ जना, आयोग ७५ जना, केन्द्रीय विभाग १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना, प्रदेश प्रतिनिधि ८०३ जना र मनोनित ७३ जना रहने भएका छन् ।

राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ । सम्मेलनको प्रचार प्रसारको काम भइरहेको प्रवक्ता महराले जानकारी दिनुभयो । काठमाडौं, भक्तपुर र ललितपुर छिर्ने ठाउँमा गेट बनाउने, आकाशे पुलहरुमा डिस्प्ले ब्यानर राख्ने तयारी गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top