×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

आज अन्तिम साउने सोमबार, शिवालयहरुमा भक्तजनहरुको घुइँचो

२८ श्रावण २०७५

विराटनगर, साउन २८
आज साउन महिनाको चौथो तथा अन्तिम सोमबार । देशभरका शिवालयका साथै विराटनगर नगरक्षेत्रका मन्दिरहहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

विराटनगरको बासुकीनाथ धाम, बनसखण्डी, मण्ठा पोखरी र विराटेश्वर मन्दिर लगायतका शिवालयहरुमा भक्तजन र दर्शनार्थीहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारामा समेत दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ ।

Advertisement
Advertisement

पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीयस्थल सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो लागेको छ । गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको छ ।

Advertisement
Advertisement

पहेँलो बस्त्र अर्थात् गेरुबस्त्र धारण गरी सप्तकोशी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । साउन महिनाभर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पूरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको बिहार, पश्चिम बंगाल, दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानबाट समेत भक्तजनहरु आउने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top