पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकियो, केही निजी आवाससहित सम्पदाका काम बाँकी

९ पौष, काठमाडौँ । भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएको छ ।

आजदेखि प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा भएको हो । पुनर्निर्माण तथा पुनर्स्थापनाका बाँकी रहेका काम हस्तान्तरणसहित प्राधिकरण बिदा भएको छ । भूकम्पपछि २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

प्राधिकरणको संस्थागत व्यवस्था भोलि शनिवारदेखि रहने छैन । ६ वर्षमा प्राधिकरणको नेतृत्व पाँच पटक हेरफेर भएको थियो । प्राधिकरणका अनुसार अहिलेसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्त्विक सम्पदा तथा शैक्षिक संस्था ८५ प्रतिशत, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ ।

भूकम्पबाट झन्डै ८ लाख घर पूर्ण तथा आंशिक रुपमा क्षति भएकोमा तेश्रो किस्ता रकम वितरणका आधारमा ७ लाख ३ हजार ३ सय ७ घर पुनर्निर्माण भएका छन् ।

त्यस्तै विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ मध्ये ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी विद्यालय भवन पुनर्निर्माणकै चरणमा छन् ।

स्वास्थ्य संस्थाका भवनतर्फ ११ सय ९७ रहेकोमा ७ सय ५१ भवनको पुनर्निर्माण सम्पन्न भएको छ भने ३ सय ५४ भवन पुनर्निर्माणको क्रममा रहेको छ ।

सांस्कृतिक सम्पदातर्फ ९ सय २० पुनर्निर्माण लक्ष्य रहेकोमा ६ सय ६ पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ३२ सम्पदा पुनर्निर्माणका क्रममा छन् । बाँकी १ सय ८२ सम्पदाको काम सुरु हुन सकेको छैन ।

बाँकी काम मातहतका मन्त्रालय, विभाग तथा प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत जिम्मेवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले ६ वर्षको समयमा हासिल गरेको उपलब्धि र अनुभव नेपालसहित विश्वकै लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top