सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई राष्ट्रपतिले दिइन् बधाई

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई राष्ट्रपतिले दिइन् बधाई

१४ पुस, विराटनगर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी छन् ।

बुधबार राष्ट्रपति भण्डारीले ट्वीट गर्दै एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरेर राष्ट्रको प्रतिष्ठा उँचो बनाएको भन्दै बधाई दिएकी छन् ।

बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

‘बंगलादेशमा सम्पन्न ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई, साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.